केन्द्रीय संस्करण
शिक्षा
छायाँमा गणित विषय : कक्षा ११ र १२ मा ऐच्छिकमा राख्ने तयारी

https://wallpaperaccess.com/full/931297.jpg

धेरै राष्ट्रहरुले भाषागत विषयबाहेक गणित, विज्ञान तथा प्रविधि विषयलाई अनिवार्य विषयका रुपमा पाठ्यक्रममा समावेश गरेको पाइन्छ । नेपालमा भने कक्षा ११ र १२ को पाठ्यक्रम परिर्वतनको लागि तयार पारिएको पाठ्यक्रममा गणित विषयलाई अवहेलना गरिएको छ ।
कक्षा ११ र १२ को पाठ्यक्रम परिर्वतन गर्नका लागि विगत २ वर्षदेखि सुुरु गरिएको हो । गणित विषयलाई अनिवार्य वा ऐच्छिकमा राख्ने भनेर विभिन्न समयमा चर्चापरिचर्चा भएको थियो । कक्षा ११ र १२ को लागि तयार पारिएको पाठ्यक्रमको प्रारुपमा विज्ञान सङ्कायमा अध्ययन गर्ने विद्यार्थी गणित विषय अध्ययन गर्नबाट बञ्चित हुने अवस्था सृजना गरिएको प्र्रध्यापक डाक्टर टंकनाथ धमलाको आरोप छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिर्वतनका लागि तयार पारेको पाठ्यक्रमले विद्यार्थीको रुचीलाई समेट्न नसकेको धमलाको भनाइ छ ।
केन्द्रले कक्षा ११ र १२ को पाठ्यक्रम निर्माण कार्यको प्रारुप तयार पारेको केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराई बताउँछन् । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेअनुसार अब कक्षा ११ र १२ मा ३ वटा विषय अनिवार्य र ३ वटा विषय ऐच्छिक गरी ६ विषय अध्ययन गर्नुपर्नेछ । विद्यार्थीले चाहेमा अर्को ‘ननक्रेडिट’ विषय थपेर ७ औँ समेत अध्ययन गर्न पाउने केन्द्रका निर्देशक तथा सूचना अधिकारी भट्टराईले बताए ।
हाल सञ्चालनमा आएको कक्षा ११ र १२ मा जुन विषय छनौट गरे पनि पाठ्यक्रममा ५ वटा विषय निर्धारण गरिएको थियो । पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको नयाँ पाठ्यक्रममा कक्षा ११ मा नेपाली, अङ्ग्रेजी र सामाजिक शिक्षा अनिवार्य विषय बनाइएको छ । त्यसमा थप ३ वटा ऐच्छिक विषय गरी जम्मा ६ वटा विषय अध्ययन गर्ने छन् । यस्तै कक्षा १२ भने अनिवार्य विषयमा नेपाली, अङ्ग्रेजी, जीवन उपयोगी हुनेछ भने ऐच्छिक विषय ३ वटा गरी ६ वटा विषय अध्ययन गर्नु पर्ने उनले बताए ।
कक्षा ११ र १२ मा ६ वटा विषय अध्ययन गर्न अनिवार्य बनाए पनि गणित विषयलाई ओझेलमा पारिएको प्राध्यापकहरुको छ । अनिवार्य विषयकारुपमा गणित र विज्ञान जस्ता विषयलाई पाठ्यक्रममा समावेश गरिएको छैन । ऐच्छिक विषयमा विद्यार्थीले छनोट गर्दा विभिन्न ८० विषय मध्येबाट छनौट गर्न पाउने भट्टराईले बताए ।
केन्द्रका सूचना अधिकारी भट्टराईका अनुसार अनिवार्य विषय बाहेक ऐच्छिक विषयमा इच्छा लागेको विषय छनौट गर्न पाउने उनले बताए । ‘गणित विषय पनि ऐच्छिक विषयमा पर्छ, उनले भने, अनिवार्य र ऐच्छिक विषयमा गणित अध्ययन गर्न नपाए सातौँ विषयका रुपमा गणितको अध्ययन गर्न सकिन्छ ।’
कक्षा ११ र १२ मा गणित विषय अनिवार्य नबनाउँदा व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीलाई पनि समस्या हुन सक्छ । मानविकी सङ्काय अध्ययन गर्नका लागि माध्यमिक तहमा गणित विषयको ज्ञान हुन जरुरी हुने धमला बताउँछन् । यस्तै अनिवार्य विषयका रुपमा गणितलाई नराख्दा लोकसेवा आयोग तयारी गर्ने विद्यार्थी पनि समस्यामा पर्नेछन् । गणित विषय अनिवार्य रुपमा अध्ययन गर्न नपाउदा धेरै विद्यार्थी उच्चशिक्षा अध्ययन गर्नबाट बञ्चित हुने धमलाको दाबी छ ।
गणित विषयलाई अवहेलाना गरियो
पाठ्यक्रम विकास केन्द्रले गणित विषयलाई विपरीतधारमा राखेर कक्षा ११ र १२ को पाठ्यक्रम निर्माण गरेको प्राध्यपक डाक्टर टंकनाथ धमला बताउँछन् । विज्ञान र प्रविधिको आधारस्तम्भ मानिएको गणित विषयको महत्त्वलाई ओझेलमा पारेर परिवर्तित पाठ्यक्रमको प्रारुप तयार पार्नु गलत कार्य भएको धमलाको बुझाइ छ ।
विज्ञान र प्रविधिक विषयहरुका लागि आवश्यक पर्ने गणित विषयप्रति पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीको रुचीअनुसार अगाडि बढ्नु पर्ने धमला बताउँछन् ।
‘आधुनिक तथा प्रविधिको युगमा गणित विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुको विकल्प छैन । अनिवार्य विषयमा गणितलाई राख्न नसकेपनि ऐच्छिक विषयमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले पढ्न पाउनुपर्छ ।’
अन्य देशले गणित विषयलाई माध्यामिक तहमा अनिर्र्वाय बनाएको पाइन्छ । कक्षा ११ र १२ मा गणितलाई अनिवार्य बनाएमा विद्यार्थीमा आत्मविश्वास तथा सिर्जनशीलता बढ्दै जान्छ । गणित विषय विज्ञान तथा प्राविधिक विषयहरुको आधारस्तभ भएकाले प्राथमिकता दिएर स्कुल तहमा अनिवार्य बनाउन आवश्यक भएको उनी बताउँछन् । गणित विषय अध्ययनले विज्ञान तथा प्राविधिक अध्ययनतर्फ गहनरुपमा अध्ययन गर्ने विद्यार्थीको बानीको विकास हुने समेत धमला बताउँछन् ।
पाठ्यक्रममा गणित विषय नराखेर विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्नबाट रोक लगाउने अवस्था सिर्जना गरिएको उनले बताए ।
विश्वविद्यालयमा अध्ययन गर्न आवश्यक पर्ने न्युनतम सर्तहरु समेत आंकलन नगरिकन पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माण गरेको धमलाको आरोप छ । १ सय पूर्णाङ्कको गणित कक्षा ११ र १२ अध्ययन गरेका विद्यार्थीले मात्रै स्नातक तहमा बायोलोजी अध्ययन गर्न पाउँछन् । यस्तै कृषि, फरेष्ट्री आदिविषयमा अध्ययन गर्नका लागि पनि कक्षा ११ र १२ मा १ सय पूर्णाङ्कको गणित अध्ययन गरेको हुनुपर्छ ।
गणित विषय नहँुदा पर्ने असरहरु
पाठ्यक्रम विकास केन्द्रले ल्याउन लागेको परिवर्तित पाठ्यक्रमको प्रारुपअनुसार विज्ञान विषय छनोट गरेर अध्ययन गर्ने विद्यार्थीले चाहेर अध्ययन गर्न पाउँदैन । विज्ञान विषय लिएर यदि ३ वटा फिजिक्स, बायोलोजी र केमेष्ट्री ऐच्छिक विषय अध्ययन गर्नेले गणित विषयलाई ‘ननक्रेडिट’ सातौँ विषयको रुपमा अध्ययन गर्न बाध्य हुने छ । विद्यार्थीले अनिर्वाय तथा ऐच्छिक विषयमा चाहेर पनि गणित अध्ययन गर्न पाउने अवस्था छैन । गणित विषय अध्ययन गर्नेले सातौं विषय अध्ययन गर्नुपर्ने अवस्था आएको धमला बताउँछन् ।
विज्ञान र प्राविधिक विषयको आधारस्तभ मानिएको गणितलाई ओझेलमा नपारेर कक्षा ११ र १२ मा अनिवार्य पाठ्यक्रम तयार गर्नुको सट्टामा ऐच्छिकमा पनि नराखेर गणित विषयलाई ‘ननक्रेडिट’मा राख्नु गणित विषयप्रति नकारामत्क सन्देश प्रभाह गर्न खोजिएको उनले बताए । ‘अनिवार्य तथा ऐच्छिक विषय विद्यार्थीको रुचीअनुसार पाठ्यक्रम विकास केन्द्रले तयारी गर्न सक्नुपर्छ,’ उनले भने, ‘गणित विषयलाई ‘ननक्रेडिट’मा राख्नुहुँदैन ।’
विज्ञान र प्राविधिक विषयको मुख्य जगमानिने गणित विषयलाई ओझेलमा पार्दा कक्षा ११ र १२ मा गणित अध्ययन नगरेका विद्यार्थीले इन्जिनियरिङ, फरेष्ट्री र कृषि जस्ता विषय अध्ययन गर्नबाट बञ्चित हुने उनले बताए ।
विश्वविद्यालयमा अध्ययन गर्न आवश्यक पर्ने न्युनतम सर्तहरु समेत आंकलन नगरिकन पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माण गरेको धमलाको आरोप छ । १ सय पूर्णाङ्कको गणित कक्षा ११ र १२ अध्ययन गरेका विद्यार्थीले मात्रै स्नातक तहमा बायोलोजी अध्ययन गर्न पाउँछन् । यस्तै कृषि, फरेष्ट्री आदिविषयमा अध्ययन गर्नका लागि पनि कक्षा ११ र १२ मा १ सय पूर्णाङ्कको गणित अध्ययन गरेको हुनुपर्छ ।
कक्षा ११ र १२ मा गणित विषय अनिवार्य नबनाउँदा व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीलाई पनि समस्या हुन सक्छ । मानविकी सङ्काय अध्ययन गर्नका लागि माध्यमिक तहमा गणित विषयको ज्ञान हुन जरुरी हुने धमला बताउँछन् । यस्तै अनिवार्य विषयका रुपमा गणितलाई नराख्दा लोकसेवा आयोग तयारी गर्ने विद्यार्थी पनि समस्यामा पर्नेछन् । गणित विषय अनिवार्य रुपमा अध्ययन गर्न नपाउदा धेरै विद्यार्थी उच्चशिक्षा अध्ययन गर्नबाट बञ्चित हुने धमलाको दाबी छ ।
माया श्रेष्ठ
माया श्रेष्ठ राताेपाटीमा समसामयिक विषयवस्तुहरुमा रिपाेर्टिङ गर्छिन् ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.